तस्वीरमा हेर्नुस् यसरी देखाइयो जावलाखेलमा भोटो

ललितपुर – वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम अवसरमा शनिबार ललितपुरको जावलाखेलमा परम्परागत भोटो जात्रा सम्पन्न भएको छ। रथ जावलाखेल पुर्‍याइएको चौथो दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा परम्पराअनुसार बहुमूल्य भोटो प्रदर्शन गरिएको हो। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरू पनि सहभागी भएका थिए।

मणिमाणिक्यले सजिएको भोटो अवलोकन गर्न जावलाखेल क्षेत्रमा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। परम्पराअनुसार गुठी संस्थानका प्रतिनिधिले उपस्थित सर्वसाधारणलाई भोटो प्रदर्शन गरेका थिए।

लोकविश्वासअनुसार एक ज्यापु वैद्य र भूतबीच उक्त बहुमूल्य भोटोको स्वामित्वलाई लिएर विवाद उत्पन्न भएपछि वास्तविक हकदारको पहिचान नभएसम्म सार्वजनिक रूपमा भोटो देखाउने परम्परा सुरु भएको मानिन्छ। दाबी गर्ने व्यक्ति नआएसम्म भोटो रातो मच्छिन्द्रनाथ कै रहने विश्वास रहिआएको छ।

 

     

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको