भक्तपुर यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (तस्वीरहरू)

काठमाडौं – आज अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना गरी नेपालसहित विश्वभर मनाइदैछ । नेपालमा पनि योग अभ्यास, जनचेतनामूलक कार्यक्रम तथा सामूहिक योग प्रदर्शनमार्फत दिवस मनाइने गरिन्छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ मा मनाइने गरिन्छ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् २०१५ जुन २१ देखि विश्वभर औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज देशभर विभिन्न स्थानमा योग कार्यक्रम सञ्चालन गरिएका छन्। योगलाई शरीर, मन र चेतनाबीच सन्तुलन कायम गर्ने अभ्यासका रूपमा लिइन्छ। अस्थिर मनलाई स्थिर बनाउने, अज्ञानताबाट ज्ञानतर्फ, अचेतनाबाट चेतनातर्फ तथा दुर्बलताबाट सबलतातर्फ लैजाने आध्यात्मिक यात्राका रूपमा पनि योगलाई व्याख्या गरिन्छ।

नियमित योग अभ्यासले नसर्ने रोगहरूको नियन्त्रण तथा व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिन्छ। दैनिक करिब ३० मिनेट योग गर्दा शरीरमा ताजगी आउनुका साथै तौल नियन्त्रण, मानसिक शान्ति र समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताइन्छ।

यसै अवसरमा भक्तपुर दरबार क्षेत्रमा सर्वसाधारणले सामूहिक रूपमा योग अभ्यास गर्दै दिवस मनाएका छन् । कार्यक्रममा सहभागीहरूले योगलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्नेमा जोड दिएका थिए।

 

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको