भक्तपुर यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (तस्वीरहरू)

काठमाडौं – आज अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना गरी नेपालसहित विश्वभर मनाइदैछ । नेपालमा पनि योग अभ्यास, जनचेतनामूलक कार्यक्रम तथा सामूहिक योग प्रदर्शनमार्फत दिवस मनाइने गरिन्छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ मा मनाइने गरिन्छ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१४ डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् २०१५ जुन २१ देखि विश्वभर औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज देशभर विभिन्न स्थानमा योग कार्यक्रम सञ्चालन गरिएका छन्। योगलाई शरीर, मन र चेतनाबीच सन्तुलन कायम गर्ने अभ्यासका रूपमा लिइन्छ। अस्थिर मनलाई स्थिर बनाउने, अज्ञानताबाट ज्ञानतर्फ, अचेतनाबाट चेतनातर्फ तथा दुर्बलताबाट सबलतातर्फ लैजाने आध्यात्मिक यात्राका रूपमा पनि योगलाई व्याख्या गरिन्छ।

नियमित योग अभ्यासले नसर्ने रोगहरूको नियन्त्रण तथा व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिन्छ। दैनिक करिब ३० मिनेट योग गर्दा शरीरमा ताजगी आउनुका साथै तौल नियन्त्रण, मानसिक शान्ति र समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताइन्छ।

यसै अवसरमा भक्तपुर दरबार क्षेत्रमा सर्वसाधारणले सामूहिक रूपमा योग अभ्यास गर्दै दिवस मनाएका छन् । कार्यक्रममा सहभागीहरूले योगलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्नेमा जोड दिएका थिए।

 

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको