रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनको उम्मेदवारीमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रस्तावक बनेका छन्।

चितवनमा जारी रास्वपाको महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मनोनयन फाराम वितरण प्रक्रिया सुरु भएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रमअनुसार निर्वाचन प्रक्रिया अघि बढाइएको हो।

रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता पदका लागि केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था छैन। तर बाँकी ९९ जना पदाधिकारी तथा सदस्य भने केन्द्रीय सदस्यका रूपमा निर्वाचित हुनुपर्ने प्रावधान रहेको छ।

निर्वाचन कार्यतालिकाअनुसार पहिलो चरणको मतदान बुधबार बिहानदेखि सुरु हुने जनाइएको छ। पहिलो चरणमा पार्टी सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन हुनेछ।

मतदानको समय भने निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छैन। मतदान सम्पन्न भएको दुई घण्टाभित्र पहिलो चरणको मतगणना सुरु गरी नतिजा घोषणा गरिने निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन्।

सिफारिस

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ कमर्स (एलसीसी) बीच एलसीसीका पदाधिकारी, सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण...

भर्खरै

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

सडक नियम पालना गरे जरिवाना आफैँ घट्छ : एसएसपी काफ्ले

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न...

एनपीएलका लागि अक्सन सुरु (तस्बिरहरु)

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी अक्सन...

धेरै पढिएको