सुकुम्बासीमाथि बालेन सरकारले अमानवीय व्यवहार गर्यो : ऐन महर

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारलाई ‘जनतामारा र गरिबमारा सरकार को संज्ञा दिएका छन् । उनले सरकारले गरिबी न्यूनीकरण गर्ने भन्दा गरिबलाई नै विस्थापित गरेर समस्या समाधान गर्न खोजेको आरोप लगाएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा महरले विशेषगरी सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले अपनाएको नीति अमानवीय, क्रुर र वर्गीय दृष्टिकोणबाट प्रेरित रहेको टिप्पणी गरे ।

उनले सरकारले सहरी सभ्यताका अवरोधक गरिब नागरिक नै हुन् भन्ने गलत सोचका आधारमा नीति बनाएको आरोप लगाउँदै भने, यो सरकार समग्रमा जनतामारा र गरिबमारा सरकार हो । यसले सहरी सभ्यताका अवरोधक गरिबहरू हुन् भन्ने बुझ्यो, जुन वर्गीय दृष्टिकोणले आफैंमा अत्यन्तै डरलाग्दो कुरा हो ।

महरका अनुसार सुकुम्बासीको सवालमा सरकारले देखाएको व्यवहारको कुनै सीमा र मापन नभएको भन्दै उनले सरकार गरिबहरूको नभई उनीहरूलाई विस्थापित गर्ने उद्देश्यमा केन्द्रित भएको बताए ।

कुराकानीमै उनले सुकुम्बासीका सन्दर्भमा सरकार यति अमानवीय र क्रुर बन्यो कि त्यसको कुनै सीमा र मापन नै छैन । यसबाट स्पष्ट हुन्छ, यो सरकार जनता वा गरिबहरूको सरकार होइन । उसले गरिबी निवारण होइन, गरिबलाई नै हटाएर समस्या समाधान गर्न खोज्यो । १५ हजार रुपैयाँ दिएर पन्छाउने जस्ता नीति गलत छन्, उनले भने ।

यतिबेला होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई त्यहाँबाट समेत हट्न भनिएपछि उनीहरू आन्दोलनमा उत्रिएका छन् । पटक पटक स्थान छोड्न दबाब दिइँदा आफूहरू मानसिक तनावमा परेको उनीहरूको गुनासो छ । पुनःस्थापना नगरे पुरानै स्थानमा फर्केर छाप्रो हालेर बस्ने चेतावनी समेत उनीहरूले सरकारलाई दिएका छन् । यस विषयमा एमाले उनीहरूको साथमा रहेको स्पष्ट पार्दै महरले सुकुम्बासीको समस्या आवासको मात्र नभई सम्मान, जीविकोपार्जन र मौलिक अधिकारसँग जोडिएको विषय भएको बताए ।

यहाँ एउटा मानिसको स्वाभिमान, आत्मसम्मान र रोजीरोटीको कुरा छ । एक ठाउँमा बसोबास गरिसकेपछि उनीहरूले आफ्नै ढंगले व्यापार, व्यवसाय र पेसा गरिरहेका थिए । आज ती सबै कुरा छुटेका छन् । अपराधी र कैदीलाई जस्तै मनोमानी ढंगले समातेर आफूलाई मन लागेको ठाउँमा लगेर छोडिएको छ, अहिले त्यो ठाउँ पनि छोड्न आदेश दिइँदैछ, उनले भने ।

सरकारले नागरिकप्रति देखाएको यस्तो व्यवहार आपत्तिजनक, निन्दनीय र घोर भत्र्सनायोग्य रहेको उनको भनाइ छ ।

सरकारले जुन प्रकारको अमानवीय र क्रुर व्यवहार गरिरहेको छ, यो आपत्तिजनक, निन्दनीय र घोर भत्र्सनायोग्य छ । आज जो आम नागरिकहरू पीडा भोगिरहेका छन्, हामी उनीहरूको पक्षमा छौं । उनीहरूको पुनःस्थापना, स्वाभिमान र संवैधानिक अधिकार स्थापना गर्नका लागि एउटा नागरिकका हिसाबले हाम्रो पूर्ण साथ र सहयोग रहनेछ, महरले बताए ।

सरकारले सुकुम्बासी व्यवस्थापनका नाममा अवलम्बन गरेको नीतिप्रति प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर विरोध जनाउँदै आएको छ । पछिल्लो समय होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीलाई समेत अन्यत्र जान भनिएपछि उनीहरूको आन्दोलन थप चर्किएको छ भने पुन स्थापना र स्थायी व्यवस्थापनको मागलाई लिएर सरकारमाथि दबाब बढ्दै गएको छ ।

सिफारिस

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

धेरै पढिएको