वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

दक्षिण एसियाली वन्यजन्तु कानून कार्यान्वयन सञ्जाल (SAWEN) को प्रथम महासभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले वन्यजन्तु अपराध कुनै एक देशको सीमाभित्र मात्र सीमित नरहेकाले सूचना आदानप्रदान, अनुभव तथा क्षमता अभिवृद्धि र संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो।

उहाँले वन्यजन्तु तस्करीले जैविक विविधता, पारिस्थितिक प्रणाली, स्थानीय जीविकोपार्जन, राष्ट्रिय सम्पदा र कानुनी शासनमा समेत असर पार्ने भएकाले यसलाई वातावरणीय विषयका रूपमा मात्र लिन नहुने बताउनुभयो।

नेपालमा SAWEN को सचिवालय रहेको उल्लेख गर्दै मन्त्री चौधरीले सञ्जाल सबै आठ सदस्य राष्ट्रको साझा संस्था भएको बताउनुभयो। SAWEN मा नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका सदस्य छन्।

प्रथम महासभाले सञ्जालको संस्थागत विकास, कार्यक्रमका प्राथमिकता, भावी कार्ययोजना, सदस्यता, वित्तीय दिगोपन र क्षेत्रीय सहकार्यलगायत विषयमा छलफल गरी आगामी कार्यदिशा तय गर्ने उहाँले बताउनुभयो।

मन्त्री चौधरीले वन्यजन्तु संरक्षण सरकार मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सदस्य राष्ट्रबीचको सहकार्यलाई व्यवहारिक परिणाममा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको