कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा सक्रियता तथा सामाजिक सेवामा आफ्नो अनुभवलाई आधार बनाउँदै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको हो ।

चित्रकार २०४२ सालदेखि सक्रिय राजनीतिमा प्रवेश गर्नुभएको हो । उहाँले नेपाल विद्यार्थी संघ पाटन क्याम्पसको संयोजक, जिल्ला सचिव तथा सभापति, नेविसंघ केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्षलगायतका जिम्मेवारी सम्हालि सक्नु भएको छ । त्यसैगरी, उहाँ २०५० सालदेखि नेपाली कांग्रेसको जिल्ला सदस्य, महासमिति सदस्यका रूपमा सक्रिय रहनुभएको थियो । उहाँ २०६४ सालमा संविधानसभा सदस्य बन्नुभएको थियो भने हाल बागमती प्रदेशसभाका सदस्यसमेत हुनुहुन्छ ।

उहाँले बागमती प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी समेत सम्हालि सक्नु भएको छ । बागमती प्रदेशसभाको आधिकारिक विवरणमा चित्रकार ललितपुर–२ (ख) बाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्यका रूपमा रहनु भएको थियो । राजनीतिसँगै चित्रकार अधिवक्ता, पत्रकारिता तथा शिक्षा क्षेत्रमा समेत संलग्न रहँदै आउनुभएको छ । उहाँ सामाजिक सेवामा पनि सक्रिय रहदै खाउनु भएको छ ।

चित्रकारका समर्थकहरूले उहाँको लामो राजनीतिक अनुभव, संगठनात्मक योगदान, संघर्ष तथा सामाजिक सेवाको पृष्ठभूमिलाई आधार बनाएर महाधिवेशन प्रतिनिधिहरूसँग समर्थनका लागि आग्रह गरेका छन् । महाधिवेशनमा जनजाति–आदिवासी समूहको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिनुभएका चित्रकारको मतपत्र क्रमसंख्या २६ रहेको उहाँको सचिवालयले जनाएको छ । चित्रकारले महाधिवेशनका प्रतिनिधिहरूलाई आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गर्नुभएको छ ।

सिफारिस

प्रमाण दिँदा पनि एक महिनासम्म भेटिएन फोटो पत्रकार दिपेन्द्रको मोबाइल, प्रहरी अनुसन्धानमाथि प्रश्न

काठमाडौं - फोटो पत्रकार दीपेन्द्र महर्जनको चोरी भएको 'स्यामसङ ग्यालेक्सी एस२५ अल्ट्रा' मोबाइल एक महिना बितिसक्दा पनि फेला पर्न सकेको छैन। चोरीमा संलग्न व्यक्तिको...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा आगामी नोभेम्बर १ मा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ आयोजना हुने भएको छ । क्यानाडा तथा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका क्रममा काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान दर्शकले खचाखच भरिएको छ। सोमबारदेखि सुरु भएको...

भर्खरै

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति

काठमाडौँ - पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान...

यस्तो देखियो एनपीएलका लागि तयार गरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका...

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

धेरै पढिएको