नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ।

बेलायतको वेल्सस्थित ब्रेकनमा असोज २१ देखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेको हो।

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी अशोक राज सिग्देलको समुपस्थितिमा प्रतियोगिताको पदक वितरण गरिएको थियो। प्रतियोगितामा बेलायतसहित ३५ राष्ट्रका १३० टोलीको सहभागिता रहेको थियो।

सन् १९६० देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘क्यामब्रियन पट्रोल’ मा नेपाली सेना सन् २०१४ देखि सहभागी हुँदै आएको छ। नेपाली सेनाले यसअघि सन् २०१७, २०१९, २०२४ र २०२५ मा समेत स्वर्ण पदक हासिल गरिसकेको छ।

प्रतियोगितामा सहभागी टोलीले करिब ७० पाउण्ड तौल बराबरका उपकरण बोकेर ४० माइल दूरी दुई दिनभित्र पार गर्नुपर्ने हुन्छ। यस क्रममा हतियार सञ्चालन, सूचना सङ्कलन, घाइते तथा बिरामीको व्यवस्थापनलगायत विभिन्न सैनिक सीप तथा क्षमताको परीक्षण गरिन्छ।

यस वर्षको स्वर्ण पदकसँगै नेपाली सेनाले अन्तर्राष्ट्रिय स्तरको उक्त कठिन सैनिक अभ्यासमा आफ्नो निरन्तर उत्कृष्ट प्रदर्शनलाई कायम राखेको छ।

सिफारिस

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। नेपाल...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले बेलायती सेनाका उच्च अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बेलायती सेनाका...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि जनजाति–आदिवासी समूहअन्तर्गत रामकृष्ण चित्रकारले उम्मेदवारी दिनुभएको छ । चित्रकारले लामो राजनीतिक यात्रा, संगठन निर्माणमा...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ लोकार्पण

काठमाडौं - लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’...

यस वर्षको बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक

काठमाडौं - यस वर्षको बडादशैंको विजया दशमीका दिन टीका...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम शुभारम्भ

बर्दिबास — नेपाली सेना र सञ्चार जगत्बीचको सम्बन्धलाई थप...

धेरै पढिएको