फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं – फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार काठमाडौंको कोटेश्वरस्थित होटल एवान भेन्युमा सम्पन्न भएको छ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष होमराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले होटल, रेस्टुरेन्ट तथा फास्टफुड व्यवसाय उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाका महत्त्वपूर्ण क्षेत्र भएको बताउनुभयो। उहाँले आर्थिक गतिविधि विस्तार, सीप विकास र स्वरोजगार प्रवर्द्धनमा यस क्षेत्रले योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो।

व्यवसायीहरूले भोगिरहेका समस्या समाधानका लागि सरकारसँग संवाद र सहकार्य गर्न आग्रह गर्दै मुख्यमन्त्री थापाले भन्नुभयो, “जनताका समस्या र व्यवसायीका वास्तविक कठिनाइहरू लिएर सरकारलाई सम्झनुहोस्। समस्या समाधानका लागि सरकारसँग संवाद र सहकार्य गर्नुहोस्।”

उहाँले सरकार र निजी क्षेत्रबीच समन्वय तथा सहकार्यबाट उद्यमशीलता प्रवर्द्धन, रोजगारी सिर्जना र व्यवसायमैत्री वातावरण निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो। साथै, व्यवसायीहरूको हकहित संरक्षण र व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा होटल, रेस्टुरेन्ट तथा फास्टफुड व्यवसायलाई व्यवस्थित, मर्यादित र प्रतिस्पर्धी बनाउने विषयमा छलफल भएको थियो। सहभागीहरूले खाद्य स्वच्छता, सेवा गुणस्तर, व्यावसायिक सीप विकास तथा व्यवसायीबीच एकता कायम गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा गोर्खा ब्रुअरी प्रालिका सेल्स एन्ड मार्केटिङ डाइरेक्टर काजिमान सुब्बा, होटल एसोसिएसन नेपालका महासचिव साजन शाक्य, हाउस अफ राजकर्णिकारका कार्यकारी निर्देशक मिनुराज कर्णिकार, जनता टाइम्सका अध्यक्ष गणेश बस्नेतलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।

त्यसैगरी, एसोसिएसनका निवर्तमान अध्यक्ष राजकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष ताराराम श्रेष्ठ, पूर्वअध्यक्षहरू, सल्लाहकार, केन्द्रीय पदाधिकारी तथा सदस्य, जिल्ला र स्थानीय समितिका अध्यक्ष, होटल, रेस्टुरेन्ट तथा फास्टफुड व्यवसायी र विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

एसोसिएसनका महासचिव राकेश श्रेष्ठले संस्थाले खाद्य स्वच्छता, सेवा गुणस्तर, व्यावसायिक सीप विकास र व्यवसायीबीच एकता कायम गर्दै फास्टफुड क्षेत्रको संस्थागत विकासका लागि काम गर्दै आएको जानकारी दिनुभयो।

साधारणसभा तथा शुभकामना आदान–प्रदान कार्यक्रमले व्यवसायीबीच आपसी सद्भाव, सहकार्य र एकता सुदृढ गर्नुका साथै नेपाली मौलिक पर्वहरूको अवसरमा शुभकामना आदान–प्रदान गर्ने अवसर प्रदान गरेको महासचिव श्रेष्ठले  बताउनु भयो ।

सिफारिस

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

धेरै पढिएको