काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ। बंगलादेशको लोकप्रिय समुद्री तटस्थल कक्स बजारमा नेपाली पर्यटक आकर्षित गर्ने र दुई छिमेकी मुलुकबीच पर्यटन सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले उक्त प्रस्ताव अघि सारिएको हो। बंगलादेशले नेपालमा आधारित हिमालय एयरलाइन्सले कक्स बजारमा सिधा उडान सञ्चालन गर्ने आशा व्यक्त गरेको छ।

उक्त प्रस्तावबारे अक्टोबर १४, २०२६ मा बंगलादेशको राजधानी ढाकामा भएको भेटवार्तामा छलफल भएको हो। बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एम. रशिदुज्जमान मिल्लत र बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीबीच भएको भेटमा हवाई सम्पर्क विस्तारका विषयमा कुराकानी भएको थियो।

भेटका क्रममा नेपालले बंगलादेशको ध्वजावाहक विमान सेवा बिमान बंगलादेश एयरलाइन्सले ढाका–पोखरा हवाई उडान सञ्चालन गर्न चासो व्यक्त गरेको थियो। उक्त उडान सञ्चालन भएमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरासम्म पर्यटकको पहुँच सहज हुने अपेक्षा गरिएको छ।

दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटक आदानप्रदान बढाउने तथा सम्भावित संयुक्त पर्यटन पहलमार्फत हवाई सम्पर्क विस्तार गर्ने आवश्यकतामा जोड दिएका थिए।
प्रस्तावित हवाई मार्ग सञ्चालनमा आएमा दुवै देशका पर्यटकलाई यात्राका नयाँ अवसर उपलब्ध हुनुका साथै क्षेत्रीय हवाई सम्पर्क विस्तार र नेपाल तथा बंगलादेशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि, काठमाडौं–कक्स बजार र ढाका–पोखरा हवाई उडानसम्बन्धी प्रस्तावहरू हाल छलफलकै क्रममा छन्। दुवै मार्गमा उडान सञ्चालन हुने निश्चित मिति भने सार्वजनिक गरिएको छैन।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको