काठमाडौँ- कोरोना संक्रमण बाट आज मात्र २ जनाको मृत्यु भएको छ। डोल्पाका ५८ वर्षीय पुरुष र अर्का ५५ बर्षीय महिलाको पनि मृत्यु भएको छ। उनको सेती अस्पताल धनगढिमा उपचारको क्रममा मृत्यु भएको हो।
जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको जेठ २० गते मृत्यु भएको थियो । उनको स्वाव संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको हो।
उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डौल्पा पुगेका थिए । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।
त्यस्तै, सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी ५५ वर्षीया मिर्गौला रोगीको जेठ २३ गते दिउँसो कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमेको छ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ। नेपालमा अहिलेसम्म ३२३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ।
