बद्री पंगेनीदेखि मेलिनाले गाएको प्रधानमन्त्री ओलीको गीत विमोचन

काठमाडौं – ‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गीति संग्रह सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी ओली समेत गीतकार रहेको गीति एल्बममा कुल ५ वटा गीतहरु संग्रहित रहेका छन् । राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा सो एल्बम तयार भएको हो । शनिवार नयाँ ठिमी भक्तपुरमा ७० जना भन्दा बढि सडक मानवहरुलाई खाना खुवाउँदै आएको नेपाल स्वयंसेवक संघसंग मिलेर सडक मानवलाई नै अतिथि बनाएर एल्बम बिमोचन गरिएको थियो।

एल्बममा ५ वटा गीतहरु समावेश रहेका छन् जसमध्ये ‘स्वदेशमै रोजगारी स्वदेशमै बास, रोजिदैन प्रस्वास’ लाई प्रधानमन्त्री केपी ओलीले रचना रहेको छ भने शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन् ,’हेर हाम्रो हिमाल हाँसेको, हेर्न खोज्यो सुखी जनता नाँचको’मा रमेशकुमार पौडेलले रचना रहेको छ भने बद्री पंगेनी र मेलिना राईले आवाज दिएका छन् , त्यसैगरि ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ बोलको गीतमा विपिन किरणको रचना रहको छ भने राजेश पायल राईले आवाज दिएका छन् ।’मुर्झिएका सपनाहरु विउँझायौ तिमिले’मा रमेशकुमार पौडेलले रचनामा राजेश पायल राईले आवाज दिएका छन् । पाँचौ गीत ‘पूर्वपश्चिम सिमा तिर दुश्मनले नजर लगायो’ मा विपिन किरणको रचना, बद्री पंगेनी र मेलीना राईको आवाज रहको छ ।
किरण क्रियसनले बजार व्यवस्थापन गरेको एल्बममा संगीत संयोजन आमोश तामाङको रहेको छ भने सम्पुर्ण गीतमा प्राज्ञ शान्तिराम राईले संगीत भर्नु भएको छ ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्षमा लिनुभएको अडान र सम्बृद्ध नेपाल , सुखि नेपाली बनाउँनको लागि लिनु भएको पहलकदमीलाई जनतामाझ लैजानको लागि गीति संग्रह तयार पारिएको र आफुले त्यसको संयोजन गरेको राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलले बताए ।
त्यस्तै बाहिर कार्यक्रम गर्दा लाग्ने  खर्च कटाएर २ महिनादेखि  खाना खुवाई रहेका नेपाल स्वयंसेवक संघ नामक सामाजिक संस्थालाई आवश्यक सामाग्री हस्तान्तरण समेत गरिएको थियो।
गीत सार्वजनिक कार्यक्रमको सहजिकरण गरेको नेपाल स्वयंसेवक संघका सन्तोष निरौलाले २ महिनादेखि सडक मानवहरुलाई खाना खुवाउँदा दाताले दिएको र आफुहरुसँग भएको सामग्री पनि सकिन लागेको उल्लेख गर्दै सहयोग गर्न चाहानेलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । स्वयंसेवक संघले लकडाउनको शुरुवाती दिनदेखि नै दैनिक सडक मानवका अतिरिक्त्र असहायहरुलाई पनि खाना खुवाउँदै आइरहेको छ।

गीतबारे कसले के भने हेर्नुहोस् भिडियो 

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको