बद्री पंगेनीदेखि मेलिनाले गाएको प्रधानमन्त्री ओलीको गीत विमोचन

काठमाडौं – ‘सम्वृद्ध नेपाल सुखि नेपाली’ नामक गीति संग्रह सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी ओली समेत गीतकार रहेको गीति एल्बममा कुल ५ वटा गीतहरु संग्रहित रहेका छन् । राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा सो एल्बम तयार भएको हो । शनिवार नयाँ ठिमी भक्तपुरमा ७० जना भन्दा बढि सडक मानवहरुलाई खाना खुवाउँदै आएको नेपाल स्वयंसेवक संघसंग मिलेर सडक मानवलाई नै अतिथि बनाएर एल्बम बिमोचन गरिएको थियो।

एल्बममा ५ वटा गीतहरु समावेश रहेका छन् जसमध्ये ‘स्वदेशमै रोजगारी स्वदेशमै बास, रोजिदैन प्रस्वास’ लाई प्रधानमन्त्री केपी ओलीले रचना रहेको छ भने शान्तिराम राई र मेलिना राईले आवाज दिएका छन् ,’हेर हाम्रो हिमाल हाँसेको, हेर्न खोज्यो सुखी जनता नाँचको’मा रमेशकुमार पौडेलले रचना रहेको छ भने बद्री पंगेनी र मेलिना राईले आवाज दिएका छन् , त्यसैगरि ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ बोलको गीतमा विपिन किरणको रचना रहको छ भने राजेश पायल राईले आवाज दिएका छन् ।’मुर्झिएका सपनाहरु विउँझायौ तिमिले’मा रमेशकुमार पौडेलले रचनामा राजेश पायल राईले आवाज दिएका छन् । पाँचौ गीत ‘पूर्वपश्चिम सिमा तिर दुश्मनले नजर लगायो’ मा विपिन किरणको रचना, बद्री पंगेनी र मेलीना राईको आवाज रहको छ ।
किरण क्रियसनले बजार व्यवस्थापन गरेको एल्बममा संगीत संयोजन आमोश तामाङको रहेको छ भने सम्पुर्ण गीतमा प्राज्ञ शान्तिराम राईले संगीत भर्नु भएको छ ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्षमा लिनुभएको अडान र सम्बृद्ध नेपाल , सुखि नेपाली बनाउँनको लागि लिनु भएको पहलकदमीलाई जनतामाझ लैजानको लागि गीति संग्रह तयार पारिएको र आफुले त्यसको संयोजन गरेको राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेशकुमार पौडेलले बताए ।
त्यस्तै बाहिर कार्यक्रम गर्दा लाग्ने  खर्च कटाएर २ महिनादेखि  खाना खुवाई रहेका नेपाल स्वयंसेवक संघ नामक सामाजिक संस्थालाई आवश्यक सामाग्री हस्तान्तरण समेत गरिएको थियो।
गीत सार्वजनिक कार्यक्रमको सहजिकरण गरेको नेपाल स्वयंसेवक संघका सन्तोष निरौलाले २ महिनादेखि सडक मानवहरुलाई खाना खुवाउँदा दाताले दिएको र आफुहरुसँग भएको सामग्री पनि सकिन लागेको उल्लेख गर्दै सहयोग गर्न चाहानेलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । स्वयंसेवक संघले लकडाउनको शुरुवाती दिनदेखि नै दैनिक सडक मानवका अतिरिक्त्र असहायहरुलाई पनि खाना खुवाउँदै आइरहेको छ।

गीतबारे कसले के भने हेर्नुहोस् भिडियो 

सिफारिस

ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, के भयो छलफल ?

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ। ‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री...

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने चेतावनी दिएका छन्। हमासले इजरायलमाथि युद्ध विराम पालना नगरेको आरोप...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

हमासले शनिबार बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्रीको चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले शनिबार बन्दी...

आज यी ३ प्रदेशमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।...

काठमाडौं महानगरले गर्यो यी सडकलाई एकतर्फी

काठमाडौं– काठमाडौं महानगरपालिकाले यातायात आवागमनलाई व्यवस्थापन गरेर थप प्रभावकारी,...

चर्चित राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ। ९२...

 उर्जामन्त्री खड्का भारतको नयाँदिल्ली प्रस्थान

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का ‘इण्डिया...

प्रचण्डको सचिवालयमा जिम्मेवारी हेरफेर, क–कसले पाए जिम्मेवारी ?

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका...

धेरै पढिएको