सोती घटना मृतकको सम्झनामा नेविसंघद्धारा दीप प्रज्वलन

काठमाडौं – नेपाल विद्यार्थी संघले शनिबार साँझ काठमाडौंको माइतीघर मण्डलामा पश्चिम रुकुमको सोती घटनामा ज्यान गुमाएकाहरुको आत्मा शान्तिका लागी दीप प्रज्वलन गरेको छ । घटनाका दोषीलाई राज्यले नै उन्मुक्ति दिन खोजेको भन्दै यस्ता जघन्य अपराधिलाई कडा कारबाही माग गर्दै दीप प्रज्ज्वलन गरिएको नेविसंघ पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस जाजरकोटका नेता एवं संविधान सभा सदस्य राजीव बिक्रम शाह , नेविसंघ महामन्त्री युवराज पाण्डे, राष्ट्रिय दलित आयोगका पूर्व सदस्य मन्जित ताम्राकार, नेपाल दलित विद्यार्थी संघका राष्ट्रिय अध्यक्ष कमल बिक , नेताहरू धर्मदेव फुलारा, तपेन खड्का , सुवास पौडेल , सोमराज मल्ल लगायतको उपस्थिति रहेको ढुंगेलले बताए ।

नेता शाहले सरकार र नेकपा नेताहरुले यो घटनालाई तोडमोड गरि दोषीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउनुका साथै घटनामा संलग्न सबैलाई सजाय दिलाउन आफुँ सम्पूर्ण तवरले लाग्ने प्रतिबद्धता व्यक्त गरे । नेविसंघ महामन्त्री पाण्डेले घटनामा संलग्न जुनसुकै जाति, पार्टी, समुदायकाे भएपनि कानुनी कार्वाही हुनु पर्ने बताए । ‘कुनैपनि बहानामा अपराधीहरूले उन्मुक्ति पाउनु हुँदैन। याे घटना कानुन र मानव जातिकै बिरूद्धकाे अपराध हाे ।

यस घटनालाई ताेडमाेड गर्ने र अपराधी जाेगाउने दुष्कर्म नगर्न सत्ताधारी सबैलाई चेतावनी दिन चाहन्छाैं,’ उनले भने । राष्ट्रिय दलित आयोगका पुर्व सदस्य ताम्राकारले ” सरकारले पिडितलाई न्याय र पिडकलाई दण्ड दिएन भने न्यायको लागी अन्तर्राष्ट्रिय अदालत पनि पुग्न सकिन्छ ।” उनले भने । यस्तै नेपाल दलित विद्यार्थी संघका अध्यक्ष बिकले अब न्यायका लागि देशभरका ५२ लाख दलित उठ्नुपर्ने बेला आएको र यो घटना सिङ्गो मानवता माथिको प्रहारका रुपमा आफुँहरुले लिएको बताए । कार्यक्रम नेपाल विद्यार्थी संघका नेता दिपक ओझाको संयोजना सम्पन्न भएको थियो ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको