काठमाडौँ-थप ५४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले प्रेस बिज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो । प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा सल्यानका २८ जना, सुर्खेतका २० जना र दैलेखका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ।
यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला मा गरिएको परिक्षणमा कालिकोटका ३ जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मंध्ये २ जना महिला र ५२ जना पुरुष रहेका छन्।

