इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका फरार आरोपी पक्राउ

रौतहट — रौतहटको राजपुरस्थित फरदहवामा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका फरार एक आरोपी पक्राउ परेका छन्।  पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका-४ का ५५ वर्षीय मुक्ति साह छन् । शनिबार राति भारतबाट पक्राउ गरी ल्याइएका उनलाई प्रदेश प्रहरीले आइतबार जिल्ला अदालत गौरमा पेस गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका डीआईजी धिरजप्रताप सिंहले बताए ।

घटनाको १३ वर्षपछि उनी पक्राउ परेका हुन् । आरोप लागेका अन्य ९ जना फरार छन् । पूर्वमन्त्री शेख इद्रिसको गोठमा बम विस्फोट गराई मानिसलाई इँटाभट्टामा जलाइएको मुद्दामा पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफताब आलम गत कात्तिक २९ गतेदेखि नख्खु जेलमा छन् ।

त्यतिबेला इँटाभट्टामा मिस्त्रीको काम गर्ने साहलाई प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका ८ बाट राति पक्राउ गरेर ल्याएको हो । सो घटनामा पूर्वमन्त्रीलगायत उनका भाइ महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह र बद्रि सहनी अझै फरार छन् । घटना भएको यकिन गरिए पनि घाइते र मृतकको संख्या भने ठ्याक्कै खुल्न सकेको छैन ।

 

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको