भारतीय सीमा नजिक नेपाली सेनालाई राख्ने निर्णयप्रति सरिता गिरीले गरिन् घोर विरोध

काठमाडौँ- भारतको पक्षमा देखिने खालका अभिव्यक्ति दिएर विवादमा पर्ने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी सांसद सरिता गिरी फेरि विवादमा आएकी छन् ।

आईतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सरिता गिरीले नेपालको दक्षिणतिर भारतीय सीमा नजिक नेपाली सेनालाई राख्ने निर्णयप्रति आपत्ति जनाइन् ।

भारतले विभिन्न ठाउँमा सीमा अतिक्रमण गरेको बेला जनस्तरबाट सीमा सुरक्षाको जिम्मा सेनालाई दिनुपर्ने माग उठ्ने गरेको छ । तर सांसद गिरीले भारतीय सीमा नजिक सेना पठाउने सरकारी निर्णयमा आपत्ति जनाएकी छन् ।

सरकारले बाराको पथलैयामा नेपाली सेनाको ठूलो ब्यारेक राखेकोमा सांसद गिरीले आपत्ति जनाएकी छन् । उनले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा नेपाली सेनाको एयर बेस बनाउन लागेको भन्दै विरोध जनाइन् ।

राष्ट्रिय सुरक्षाको विषयमा कुरा गर्न लागेको बताउँदै सांसद गिरीले सेनालाई बंकरबाट निकालेर कहाँ लैजान लागेको भन्दै प्रश्न गरिन् । ‘सेनालाई दक्षिणी सीमामा लैजाने कि उत्तरीमा सीमामा र ?’ उनले प्रश्न गरिन्, ‘चीनले ३५ हेक्टर जमिन कब्जा गरेर राखेकाले उत्तरमा सेनाको पोष्ट बनाइन्छ ?’

निजगढ विमानस्थल बनाउन लागेको भनेर प्रचार गरेपनि त्यसमा सत्यता नभएको र नेपाली सेनाको एयर बेस बनाउन लागिएको उनले दाबी गरिन् । ‘बजेटमा सेनाको लागि एयरबेस बनाउने भन्ने कुरा आएको छ । कहाँ बनाउने त्यसमा मौन छ तर मलाई थाहा छ, २–३ वर्षदेखि निजगढमा एयर बेस बनाउने तयारी गरिएको छ । मैले बारम्बार भनिरहेको छु निजगढ विमानस्थलको बारेमा जे प्रचार गरिएको छ त्यसमा सत्यता छैन । निजगढमा सेनाको ब्यारेक बनाउने तयारी भइरहेको छ । फास्ट ट्रयाक सेनालाई दिइयो र पथलैयामा सेनाको ठूलो क्याम्प बनाइएको छ । जहाँ ३ तिरबाट सडक आएको छ त्यहाँ सेनाको क्याम्प बनाउन किन आवश्यक पर्‍यो रु’

सेनाबारे सांसद गिरीले थप कुरा बोल्दै गर्दा समय सकिएका कारण सभामुखले माइक काटिदिए । सभामुखबाट माइक काटिएपछि उनले थप बोल्न पाइनन् ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको