- अजय लेन्सम्यान
काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि लकडाउन गरेपछि अधिकांश जिल्लाका सडकहरु सुनसान नै देखिएका थिए ।
शहरमा प्रदुषण कम भएका कारण आकाश खुलेका छन्, सडकहरू पोतिएका छन् र शहरभरिनै जकारान्डा लगायत अन्य फूलहरू फुलेका कारण सडक तथा पार्कहरु पनि अझ सुन्दर देखिन थालेका छन्।
आखिर प्रकृतिको कहरकै कारण ठप्प काठमाडौं शहर , प्राकृतिक सुन्दरताका कारण शान्त, सफा तथा सुन्दर देखिएको छ ।
गत चैत ११ गतेबाट एक हप्ताका लागि जारी गरिएको लक डाउन संक्रमणको जोखिम बढेसँगै पटक–पटक थपिँदै आएको छ । पछिल्लो समय उपत्यका भित्र लकडाउन उल्लङ्घन गरेर कुदाइने सवारी साधनको सङ्ख्या बढ्दै गएको छ।
यस्ता छन् फोटो पत्रकार अजय लेन्सम्यानले लकडाउनको समयमा खिचिएका उपत्यकाका विभिन्न ठाउँ दृश्य


