काठमाडौँ- कर्णाली प्रदेशमा थप २० जना कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै कर्णाली प्रदेशमा थप कोरोना संक्रमितको संख्या ६७१ पुगेको छ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले प्रेस बिज्ञप्ति मार्फत पुष्टि गरेको हो।
संक्रमित मध्ये सल्यान जिल्लाका १३ जना, सुर्खेतका ५ जना र जुम्लाका २ जना रहेका छ।
संक्रमित मध्ये ३ जना महिला र बाँकि १७ जना पुरुष रहेका छ। 
