राहुल गुप्ता, विरगजं – बाराका आज थप आठ जना व्यक्तिमा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएकाे छ ।
भारतका बिभिन्न सहरबाट फर्केर नगरपालिकाको कंकालिनिमाइ माबि स्थित क्वारेन्टाइनमा बस्दै आएका १२, १९, २३,३५, ३८,४० र २७ वर्षका दुई गरी आठ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितले जानकारी दिए।
संक्रमण पुष्टि भएका सबैलाई कलैया स्थित शौक्षिक तालिम केन्द्रमा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा ल्याउने तयारी भैरहेको उनले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षण रिपोर्ट अनुसार जिल्लाको सिम्रौनगढ नगरपालिकाका आठ जनामा संक्रमण पुष्टि भएकाे जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितले बताए ।
यो सँगै बारामा कोरोना संक्रमित हुनेको संख्या ९० पुगेको छ ।
