काठमाडौँ- गण्डकी प्रदेशमा शुक्रबार बिहानै थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद बिन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १८८ पुगेको छ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भइरहेको छ।

