ट्राफिक प्रमुख ढकालको अमानवीय व्यवहार : सिपाहीलाई अफिस छिर्न रोक, आफन्तलाई ईन्ट्री

काठमाडौँ-  कोरोना महामारीको प्रकोपबाट देश गुज्रिरहेको बेला आफ्ना कर्मचारीको मनोवल उच्च बनाई काम गराउनु पर्नेमा ट्राफिक प्रहरीका प्रमुख भीम ढकालले भने कर्मचारीको मनोवल खस्किने काम गरेका छन । व्यारेकमा राम्रो सुत्ने व्यवस्था नभएर कोठा भाडा तिरेर बसेका प्रहरी कर्मचारीलाई अफिस जान नदिने कार्यालयको शौचालय समेत प्रयोग गर्न नदिने गरेको गुनासो सिंहदरवारमा भेटिएका एक प्रहरी कर्मचारीले गरे ।

रिपोर्टिङको क्रममा पहिले हामीसंग नखुलेका उनी नाम गोप्य राख्ने शर्तमा खुलेरै आफ्ना कुरा राखेका थिए । “ट्वाईलेट जान मन लाग्छ पानी खान मन लाग्छ तर हामी परिवारसंग डेरामा बस्नेहरू अफिस जाँदा कोरोना भाईरस सर्छ भनेर एसएसपी  सापको आदेशले गेटबाट भित्र छिर्न दिंदैनन” । पहिले त पसलहरू खुल्ला हुन्थे होटल पसलका शौचालयमा गईन्थ्यो अहिले त सारै समस्या छ । कोठामा पुगेर आउँदा हाकिमले सेटबाट तथानाम गाली गर्छन । यति भन्दा उनी निकै भाबुक थिए र आफ्नो नाम गोप्य राखिदिन पटक पटक अनुरोध गर्दै थिए । यो कुरा सुनेपछि हामी अन्य चोकमा ड्युटी गर्ने ट्राफिक प्रहरीलाई पनि यो विषयमा बुझ्न लाग्यौं ।

पुतलीसडक, माईतीघर, बबरमहल, हनुमानस्थान लगायत ट्राफिक प्रहरी महाशाखा बग्गीखानाबाट ड्युटी खटिएका सबै प्रहरीको एउटै खालको गुनासो थियो । एकजना महिला प्रहरी बानेश्वरमा बस्ने र अफिसको शौचालय जान नदिएर एसएसपी भिम ढकालले अन्याय गरेको महसुस गरेकी छन । “ रोग नलाग्दै त हाकिमले हामीलाई यति विभेद गर्छन भने रोग लागे हाम्रो हालत के हुने होला” उनले भनिन । सईसम्मलाई मात्र कोरोना लाग्ने ढकालको बुझाई हो की । प्रहरीको सबै भन्दा ठुलो अफिस नक्सालमा भने यस्तो खालको कुनै बाधा देखिएन । प्रहरीहरु निर्वाध रुपमा कार्यालय आएर काम गरी फर्केने गरेका छन ।

मिडियामा छाउन रुचाउने स्वभाव रहेको ढकालका कारण पटक- पटक आफुहरुले दुख पाएको अधिंकाश ट्राफिक प्रहरीको गुनासो छ । एक जना उनीसंग राम्रो सम्बन्ध भएका पत्रकारसंगै उनको अफिसमा जाँदा हामी पत्रकार भएकै कारण कुनै रोक तोक भएन । नेता मन्त्रीको तल्लो तहमै पुगेर चाकडी गर्ने उनको स्वभाव बिगतका अधिकांश घटनाबाट छर्लङ्गै भएको छ । प्रधानमन्त्री केपि ओली मिग्रौला प्रत्यारोपण गरी डिष्चार्ज हुँदा ट्राफिक महाशाखाका प्रमुख रहेका उनी सडकमा ट्राफिक व्यवस्थापन गर्नु पर्नेमा पिएसओ जसरी पाखुरामा समात्न टिचिङ अस्पताल भित्रै पुगेका थिए । मिडियामा दिन आवश्यक नै नपर्ने कामहरू समेत लेख्न लगाएर त्यसैमा रमाउने उनको स्वभाव रहेको एक जना प्रहरी निरीक्षकले बताए ।

केहि समय हामी उनीसँग गफिई रहँदा पनि उनले गरेका सामान्य कामको फेहरिस्त दिन भ्याएका थिए । कोरोना भाईरस नसरोस भनेर बाहिर बस्ने कर्मचारीलाई अफिस आउन नदिएको प्रवक्ता जीवन श्रेष्ठले स्विकारे । कार्यालय सहयोगीदेखि सई सम्मलाई कार्यालय आउन प्रतिबन्द लगाएका एसएसपी ढकालको निर्देशन ईन्सपेक्टर भन्दामाथिका प्रहरी कर्मचारीलाई भने लागु भएको छैन । हाकिमका सहयोगीहरू पनि निस्फ्रिक्री बाहिर जाने आउने गर्छन । दैनिक पत्रकार तथा हाकिमहरुका मान्छे भेटघाट गर्न आउने चिया कफि खाने गरे पनि फिल्डमा दुख पाएर काम गर्ने ईमान्दार प्रहरी कर्मचारीलाई गेटबाट भित्र छिर्नै नदिने हाकिमको कस्तो बुझाई हो कुन्नी ट्राफिकको गेटमा ड्युटी खटिए एक हवल्दारले बताए ।

सोही क्रममा भेटिएका एकजना असईले व्यङ्ग्यात्मक रुपमा भने ” इन्स्पेक्टर भन्दामाथिकालाई देख्दा सिपाही भन्दा कोरोना बढि डराँउछ” । मिडियामा निकै आदर्शवादी देखिने ढकालले सई भन्दा तल्लो तहका कर्मचारीमाथि गरेको विभेद देख्दा ट्राफिक प्रहरीको मनोबल असाध्यै खस्किएको छ ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको