रामेछाप- लाेकतान्त्रिक समाज रामेछापद्वारा जिल्ला स्वास्थ्य कार्यलय रामेछापकाे अाइसाेलेसनमा रहेका काेराेना संक्रमितहरुलाइ पाेषणयूक्त खानेकुरा उपलब्ध गराएकाे छ ।
जिल्लाकाे गाेकुलगंगा र लिखुतामाकाेसी गाउपालीकाकाे क्वारेन्टाइनमा रहेका १७ जनामा एक साता अघि काेराेना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पतालकाे अाइसाेलेसनमा राखिएकाे छ । अस्पतालकाे अाइसाेलेसनमा रहेका संक्रमितहरुलाइ अात्माबल बलियाे पार्न र काेराेना भाइरससँग लड्न हाैसला प्रदान गर्ने उदेश्यले समाजले संक्रमितकाे राेग प्रतिरोधात्मक क्षेमता वृद्धि गर्ने खानेकुराहरु उपलब्ध गराएकाे समाजका अध्यक्ष राजेश कुमार श्रेष्ठले जानकारी दिनुभयाे । श्रेष्ठका अनुसार संक्रमितका लागि अनार १ काटुन , स्याउ १ कार्टुन, २ कार्टुन केरा , ५ सय एमएलकाे १७ थान च्यावनप्रास र स्वास्थ सुरक्षा सामाग्रिमा १ सय जाेर पन्जा , ५ सय थान सर्जिकल मास्क र १ हजार एमएल सेनिटाइजर उपलब्ध गराएकाे छ ।
अस्पतालकाे अाइसाेलेसनमा अहिले थप १६ जना संक्रमित रहेका छन् । १ जनालाइ थप उपचारका लागि बिहीबार काठमाडौ पठाएइकाे अस्पतालका डाक्टर अानन्द अाचार्यले जानकारी दिनु भएकाे छ । डाक्टर अाचार्यले संक्रमितहरुलाई सामान्य लक्षण समेत नदेखिएकाे हुदा अाइसाेलेसनमा बस्न नमाने र समस्या भएकाे बताउनु भयाे । समाजले उपलब्ध गराएकाे फलफुल दिएर सम्झाउनका लागि सहज हुने अाशा गरेकाे पनि डाक्टर अाचार्यले बताउनु भयाे ।
यसैगरि रामेछाप नगरपालिकाका उपप्रमुख सिर्जना खड्काले काेराेना संक्रमितलाई रामेछाप राख्ने कार्यमा सहयाेग गरेकाे धन्यवाद व्यक्त गर्नुहेदै संक्रमितकाे पाेषणका लागि सहयोग गरेकाेमा समाज प्रति अाभार व्यक्त गर्नु भयाे । त्यस्तै काेराेना नियन्त्रण तथा उपचारमा अस्पताललाई अावस्यक पर्ने सबै किसिमकाे सहयाेग गर्न नगरपालिका तयार रहेकाे पनि खड्काले प्रतिबद्धता व्यक्त गर्नु भयाे ।
संक्रमितलाई उपलब्ध गराएकाे सामाग्रीहरु लाेकतान्त्रि समाज रामेछाप र नेपाली कांग्रेस रामेछाप काठमाडौ सम्पर्क समितिले संयुक्त रुपमा उपलब्ध गराएकाे सम्पर्क समितिका अध्यक्ष राज नारायण श्रेष्ठले जानकारी गराउनु भयाे ।
