काठमाडौँ- कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र प्रदेस्ग अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा पुष्टि भएको हो।
दैलेख जिल्लामा ३७ जना र सुर्खेतमा १५ जनामा संक्रमण भएको छ।
संक्रमित मध्ये १ जना महिला र ५१ जना पुरुष रहेका छ। आज थप ३ जनाको डिस्चार्ज भएको छ। यो संगै डिस्चार्ज हुनेको संख्या ९४ पुगेको छ।
