काठमाडौँ- बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन्।
राजपुतले भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य भूमिका निभाएका थिए।
मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पासो लगाएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
राजपुतले सन् २०१३ मा ‘काइ पो चे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। उनले अभिनय गरेको चर्चित फिल्महरु काइ पो चे, केदारनाथ, एम एस धोनी,छिछोरे आदि रहेका छन् ।
३४ वर्षीय राजपुत पछिल्लो समय बान्द्रास्थित अपार्टमेन्टमा एक्लै बस्ने गर्थे। उनी डिप्रेसनमा रहेको थिए।
