काठमाडौँ- नेपालमा थप ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार कोरोना भाइरस संक्रमितको संख्या ५७६० पुगेको छ। संक्रमित मध्ये महिला ५० र पुरुष ३७५ जना रहेका छन्।
त्यस्तै आजै थप ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ९७४ पुगेको छ।
यस्तै नेपालमा थप एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भइरहेको छ।
