काठमाडौँ- क्वारेन्टाइन ब्यवस्थापनमा खटीएका स्वास्थ्यकर्मी र स्वंयम सेवकबाट कैलालीको लम्कीमा एक महिला माथि सामुहिक बलात्कृत भएको छ।
लम्कीचुहा नगरपालिकाले बनाएको लम्कीमा रहेको सहिदस्मृति माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी एक महिला क्वारेन्टाइनको ब्यवस्थापनको लागि खटीएका स्वास्थ्यकर्मी र स्वंयम सेवकले बलात्कार गरेको पिडित महिलाले आरोप लगाएकी छन ।
महिला भारतबाट गौरीफान्टा नाका हुदै जेठ २० गते देखि क्वारेन्टाइनमा बस्दै आएकी छन् । रातिको करीब सवाँ १२ बजे बलात्कार गरेको पिडित महिलाले बताएकी छन् ।
साथै घटना संलग्नलाई कारबाहिको माग गदै आक्रोशित स्थानीयले लम्कीचुहा नगरपालिकाको वडा नम्बर १ को कार्यालयमा तालाबन्दी समेत गरेका जनाइएको छ । आरोपित तीनै जनालाई ईलाका प्रहरी कार्यलय लम्कीले नियन्त्रणमा लिएको छ ।
