काठमाडौँ- मनसुन भित्रिए संगै देशभर भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार नेपालमा आज पूर्वी भूभागबाट मनसुनी वायु र पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो सुदुर पश्चिम, कर्णाली र प्रदेश ५मा सामान्य बदली रही बाकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। यता, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ ।
त्यस्तै, राति प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ को एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
