काठमाडौँ- नयाँ व्यवस्था अनुसार देशभर जोरबिजोर प्रणाली लागू भएको छ। यो व्यवस्था मोटरसाइकलमा पनि लागू भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
जोर गतेका दिन जोर नम्बर प्लेट र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएका सवारी साधन चल्ने नियम बनाइएको छ । आज उपत्यका लगायत देशभर बिजोर नम्बरका निजी सवारी साधनहरु सञ्चालन भएका छन् ।
सवारी साधनमा भएको नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर र बिजोर छुट्याइएको ट्राफिक प्रहरीले जनाएको छ ।
जोर बिजोर प्रणाली अनुसार मोटरसाइकलमा २ जना सवार गर्न नपाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । निजी ४ पाङ्गरे सवारी साधनमा भने चालक सहित ३ जना सवार हुन पाउने छन् ।
पास लिएका सवारी साधनको हकमा भने जोर बिजोर प्रणाली लागू नहुने महाशाखाले जनाएको छ ।
