काठमाडौँ- कर्णाली प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा पुष्टि भएको हो।
दैलेख जिल्लामा ९१ जना र सुर्खेतमा १९ जनामा संक्रमण भएको छ।
संक्रमित मध्ये ४ जना महिला र १०६ जना पुरुष रहेका छ। आज थप ५७ जनाको डिस्चार्ज भएको छ। यो संगै डिस्चार्ज हुनेको संख्या १५१ पुगेको छ।

