रामेछाप – नेपाली कांग्रेस रामेछाप जिल्ला महाधिवेशन प्रतिनिधि तथा रामेछाप-काठमाडाैं सम्पर्क समितिका पूर्वअध्यक्ष शिव श्रेष्ठद्वारा रामेछाप जिल्लाका बिभिन्न गाउँपालिकालाई स्वास्थ्य सामाग्री तथा खाद्यान्न सहयाेग गरेका छन् ।

समाजसेवी श्रेष्ठले जिल्लाकाे बेताली, ठाेसे, गम्देल लगायतका स्वास्थ्य संस्थाहरूका लागि पीपीई, थर्माेमिटर, सर्जिकल ग्लाेब्स, केएन-९५ मास्क, सेनिटाइजर, भिटामिन, सिटामाेल सहयाेग गरेकाे हुन् ।

त्यस्तै उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की, सविन विश्वकर्मा र सुन्दर कार्कीमार्फत पनि विभिन्न स्वास्थ्य सामाग्री सहयाेग गरेका उनले बताए ।
उनले दुर्गम बस्तीमा विद्यालय बनाउने देखि गरिव, असाहय तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री र पोशाक समेत वितरण गर्दै आएका छन् ।
लकडाउनदेखि नै राहत र उद्धारमा श्रेष्ठ सक्रिय रुपमा लागिरहेका छन् ।
