काठमाडौँ- नेपालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएकी ४६ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ।
बैजनाथ गाउँपालिका वडा नम्बर ६ कि बासिन्दा ती महिला जेठ ३० गते अस्पताल भर्ना भएकी थिइन्।
यो संगै नेपालमा कोरोना भाइरसवाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
