काठमाडौं – सञ्चारकर्मी उमेश भण्डारीद्वारा कोभिड १९ उपचार कोषमा नगद सहयोग प्रदान गरेका छन् ।
भण्डारीले आज जन्म दिनको अवसरमा सरकारले खडा गरेको कोभिड १९ उपचार कोषमा ५ हजार रुपैयाँ जम्मा गरेका हुन् ।
कोभिड १९ को महामारीको समयमा फजुल खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सन्देश प्रवाह गर्ने उदेश्यले जन्मदिनमा काट्ने केकको मूल्य बराबरको रकम कोरोना कोषमा जम्मा गरिदिएको भण्डारीले बताए ।
साथै उनले विश्वव्यापी महामारीका कारण नेपालमा पनि धेरैको रोजीरोटी खोसिएको उल्लेख गर्दै दैनिक ज्यालादरीमा काम गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई सबैले आ आफ्नो तर्फबाट सहयोग गर्न पनि अपील गरेका छन् ।
