काठमाडौँ- कर्णाली प्रदेशमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा पुष्टि भएको हो।
दैलेख जिल्लामा ८६ जना र सुर्खेतमा ३४ जनामा संक्रमण भएको छ।
संक्रमित मध्ये १४ जना महिला र १०६ जना पुरुष रहेका छ। आज थप ११ जनाको डिस्चार्ज भएको छ। यो संगै डिस्चार्ज हुनेको संख्या ५०५ पुगेको छ। कर्णाली प्रदेशमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कर्णाली प्रदेशमा मृतकको संख्या ४ पुगेको छ। 

