काठमाडौँ- नेपालमा थप ६७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमितको संख्या ७८४८ पुगेको छ।
संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।
त्यस्तै आजै थप २० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ११८६ पुगेको छ।
त्यस्तै नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेको संख्या २२ पुगेको छ।
सरकारले हालसम्म पीसीआर विधिबाट एक लाख ५५ हजार५१८ र आरडीडीटीबाट २ लाख ४३ हजार २७५ जनाको परीक्षण गरेको जनाएको छ ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भइरहेको छ।
