काठमाडौं- कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुने दुबै जना सुदूरपश्चमका रहेका छन् । जसमध्ये गोदावरी नगरपालिका-४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका- २की ४३ वर्षीया महिला रहेका छन् । उनलाई जेठ ३१ गते कोरोना पुष्टि भएको थियो ।
गोदावरी नगरपालिकाका पुरुषको सेती अस्पतालमा उपचारका क्रममा असार ३ गते साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
त्यसैगरी लक्कीचुहाकी महिलालाई टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । उनको असार २ गते कोरोना परीक्षण गरिएको नतिजा असार ३ गते पोजेटिभ देखिएको थियो ।
यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।
