रामेछाप जिल्लाकाे सदरमुकाम रहेकाे मन्थली नगरपालिकाले अाफ्ना सबै कर्मचारीकाे काेराेना बिमा गराएकाे छ ।
जिल्ला केन्द्रकाे रुपमा रहेकाे नगरपालिका अन्य पालिकाकाे तुलनामा उच्च जाेखिममा पर्छ । विभिन्न स्थानबाट जिल्ला भित्रिने नाकाकाे रुपमा रहेकाे मन्थली नगरपाली जिल्लाकाे सदरमुकाम पनि भएकाे हुदा नगरमा कार्यरत कर्मचारीहरु वाेखिममा भएकाे हुँदा नगरमा कार्यरत सबै कर्मचारीकाे बिमा गरिएकाे मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनु भयाे । नगर प्रमुख बस्नेत सहित नगरपालिकामा कार्यरत ९३ जना कर्मचारीको १ लाख रुपैयाँ बराबरको बीमा गरिएको नगरप्रमुख रमेश बस्नेतले जानकारी दिनुभयाे ।
काेराेना महामारीकाबीच काम गरिरहेका कर्मचारीलाई काम गर्न हौसला प्रदान गर्न र संक्रमण देखिएमा पनि राहतकाे व्यवस्था हाेस भन्ने उद्देश्यले बीमा गरिएको प्रमुख बस्नेतको बताउनु भयाे । कर्मचारीहरुकाे विमा अाइएमइ जनरल इन्स्योरेन्स लिमिटेड मन्थली शाखा मार्फत गरिदिएको छ । बीमा गराएका कर्मचारीमा कोरोना पोजेटिभ देखिएमा बिमा कम्पनीले १ लाख रकम उपलब्ध गराउने छ । विमा सुबिधा भने विमा गरेकाे १५ दिन पछि बाट मात्र लागू हुने विमा कम्पनीले जनाएकाे छ ।
