काठमाडौँ-काठमाडौँमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ महिला र एक पुरुष गरी ३ जनामा कोरोना संक्रमण देखिएको हो।
यस्तै हिजो मात्र काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा ३ जना गरी काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
