काठमाडौँ- गण्डकी प्रदेशमा ५८ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन्। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा गरिएको परिक्षण १९ महिनाको बालिका सहित ५८ जनामा कोरोना पोजेटिभ देखिएको हो।
सक्रमितहरुमा तनहुँका २५ जना,नवलपुरका १६ जना, गोरखाका ५ जना, म्याग्दीका १ जना, कास्कीका २ जना, स्याङ्जाका १ जना र बाग्लुङका ८ जना रहेका छन्।
संक्रमित सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेका छन्। वहाँहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ। 
