काठमाडौँ- नेपालमा थप ३३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमितको संख्या ८६०५ पुगेको छ। आज थपिएकामा ४९ महिला र पुरुष २८२ जना रहेको छन्।
त्यस्तै आजै थप १७६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १५७८ पुगेको छ।
त्यस्तै नेपालमा कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेको संख्या २२ पुगेको छ।
सरकारले हालसम्म पीसीआर विधिबाट एक लाख ६९ हजार १६५ जनाको परीक्षण गरेको जनाएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएको छ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भइरहेको छ।
