काठमाडौँ- देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।
प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया, दाङ्ग मा मौसम सफा छ। सुदुरपश्चिम प्रदेशका पहाडी भूभागमा र प्रदेश १ का तराई भूभागमा बर्षा भईरहेको छ।
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति देशको सबै प्रदेशहरुका अधिकांश स्थानमा पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको संभावना रहेको मौसमविद श्रेष्ठले जानकारी दिए ।
