काठमाडौँ- काठमाडौँमा थप १ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भक्तपुरमा १ महिला र काठमाडौँका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ। पाटन अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका महिला र टेकु अस्पतालमा गरिएको काठमाडौँका पुरुषमा कोरोना पुष्टि भएको हो।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खुकुलो भएसंगै बाहिर जिल्लाबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।
