काठमाडौं पाल्पामा थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर स्थित कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा पाल्पा जिल्लाबाट ल्याइएका ९३ जनाको स्वाबमा कोरोना संक्रमण देखिएको छ।
भरतपुर अस्पतालले बिहीवार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमुना मध्य बुधबार गरिएको परीक्षणमा ठूलो संख्यामा पोजेटिभ देखिएको हो। उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेको अस्पतालले जनाएको छ। यस बाहेक भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाको स्वाबको नतिजा भने नेगेटिभ बिहीवार बिहान आएको छ। भरतपुर प्रयोगशालामा हिजो २९७ जनाको परिक्षण गरिएको थियो।
