पोखरा – नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूषको गएराती मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । गत असार ८ गते अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा राखेर उपचार भइरहेको थियो । ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको अस्पतालले जनाएको छ ।
