काठमाडौँ- नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १११६२ पुगेको छ ।
त्यस्तै आजै थप ३१२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या २६५० पुगेको छ।
त्यस्तै नेपालमा कोरोना भाइरसको कारण थप २ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना भाइरसको कारणहालसम्म मृत्यु हुनेको संख्या २४ पुगेको छ।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भइरहेको छ।
