काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा स्याङ्जा आँधीखोला-१ का एक जना पुरुष र चितवनका ५० वर्षीय एक जना पुरुष रहेका छन् । स्याङ्जाका ती पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत थिए । उनमा निमोनिया र मधुमेहको पनि समस्या रहेको थियो । उनको असार १० गते राति मृत्यु भएको हो ।
त्यसैगरी ललितपुरका पुरुष पाँच महिना अघि मृगौला प्रत्यारोपण गरिएको र नर्भिक अस्पताल कोरोना देखिएपछि पाटन अस्पताल रिफर भएका थिए ।
उनको असार ११ गते बिहान ५ बजे मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
