काठमाडौं- काठमाडौं उपत्यकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
काठमाडौँ उपत्यकामा हिजो बिहिबार पनि ९ जनामा कोरोना संक्रमित भेटिएको थियो।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खुकुलो भएसंगै बाहिर जिल्लाबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।
