एमसीसी रोक्न चेतावनी सहित अमेरिकी दूतावासमा विरोध पत्र, के भन्यो दूतावासले ?

स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले आज नेपालस्थित अमेरिकी दूतावासमा अमेरिकाकै तर्फबाट एमसीसी नरोकेमा नेपालमा अमेरिकी नागरिक, एमसीसी सम्बद्ध कर्मचारी र अधिकारीहरुका लागि समेत सुरक्षा नहुने र अन्तराष्ट्रिय आर्थिक सहयोगको दर्शन विपरित नेपालमा एमसीसी लागू गर्न खोजिएकोले तत्काल एमसीसीका सवालमा अघि बढेको प्रक्रिया रोक्न चेतावनी सहित विरोध पत्र बुझाएको छ ।
पत्र बुझाउन अमेरिकी दूतावासतर्फ अघि बढेको ठूलो समूहलाई प्रहरीले दूतावास तर्फको बाट बाटै रोकेको थियो । स्वतन्त्र राष्ट्रिय अभियानको सो कार्यक्रमको कारण सो बाटो भएर हिँड्ने अन्य सर्वसाधारणलाई समेत प्रहरीले रोकेको थियो ।
केही समयको छलफल पश्चात मात्र दूतावास भित्रबाट ३ जनालाई दूतावास भित्र प्रवेश गरी आफ्ना भनाइ र विरोध पत्र प्रस्तुत गर्न समय दिइएको थियो ।

कार्यक्रममा स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपाल, केन्द्रीय अनुशासन समितिका सदस्य तथा साहित्य कला विभागका विभागीय प्रमुख अधिवक्ता कृष्ण प्रसाईं र केन्द्रीय अर्थ विभागका प्रमुख बोधनाथ न्यौपाने समेतले दूतावास अधिकारीहरु सामु विरोध पत्र वाचन गरेर सुनाउँदै कुनै नेपालमा जबरजस्ती एमसीसी पास गर्ने नाममा मात्र संसदबाट पास भए पनि त्यसलाई कार्यान्वयन हुनबाट असफल बनाइ छोडिने बताइएका थिए ।
अमेरिकी राजदूतका प्रतिनिधीको रुपमा सुरक्षा प्रमुख टिम क्रुसले विरोध तथा स्मरण पत्र बुझ्दै तुरुन्तै आफ्नो देशका राष्ट्रपति डोनाल्ड ट्रम्प समक्ष विरोध पत्र पठाइने र सो का सम्बन्धमा राष्ट्रपतिको प्रतिक्रिया बारे इमेलमा जानकारी गराइने प्रतिक्रया दिएका थिए ।

स्वतन्त्र राष्ष्ट्रिय अभियान नेपालले एमसीसीका सम्बन्धमा नेपालीहरुको आधिकारिक धारणा सोझै अमेरिकी दूतावासका अधिकारीहरु मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुर्याई सो राष्ट्रघाती एमसीसी रोकिनेमा विश्वास लिएको छ ।
साथै स्वतन्त्र राष्ट्रिय अभियान नेपालले संसारभरका नेपालीहरुलाई डोनाल्ड प्रशासनको आधिकारिक प्रतिक्रिया दिने वेवसाइट https://www.whitehouse.gov/contact/… मार्फत एमसीसी रोक्नका लागि अनुरोध गर्दै विरोध समेत स्वरुप सन्देश पठाउन समेत आह्वान गरेकोमा विश्वभरबाट सो साइट प्रयोग गरी सन्देश पठाउने क्रम पनि जारी रहेको छ । सो सन्देश पठाउने कार्यमा सहभागी भइदिनु हुन पनि अभियानले अनुरोध गरेको छ  ।

सिफारिस

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद...

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै विश्व वन्यजन्तु कोष  (WWF)  ले विशेष सम्मान गरेको छ। विश्व वन्यजन्तु कोष नेपालले...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिले शर्मालाई सर्वोच्च अदालतको ३३ औं प्रधान न्यायाधीशको...

भर्खरै

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई...

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै...

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले...

गाभिए मन्त्रालय, राखियो नयाँ साइन बोर्ड तस्विरहरु)

सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ - नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता...

धेरै पढिएको