१५ औँ गणतन्त्र दिवसको अवसरमा आइतबार टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्याधीश दीपककुमार कार्की,...
काठमाडौँ महानगरपालिकाको मतगणना जारी रहेको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहसमेत उम्मेदवार रहेको काठमाडौंको नतिजा कस्तो आउला भन्ने चासो सर्वत्र छ । शुक्रबार सम्पन्न मतगणनापछि आवश्यक प्रक्रिया सुरु गरेर राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु गरिएको हो । वडा नम्बर ३१ र ३२ बाट मतगणना सुरु गरिएको हो । यसपटकको...
आज राष्ट्रिय फोटो पत्रकारिता दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले ९५ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा मंगलबार राजधानीमा प्रभातफेरी तथा 'लकडाउन फोटो प्रदर्शनी'को आयोजना गरेको छ। नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं. १९८४ वैशाख १३ गते प्रकाशन गरेको...
काठमाडौं - काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंहले उम्मेदवारी दर्ता गरेकी छिन् । नेता प्रकाशमान सिंह पत्नीसमेत रहेकी सिंहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी हुन् । सिर्जना सत्ता गठबन्धनको तर्फबाट काठमाडौंको साझा उम्मेदवार बनेकी हुन् । उनलाई नेपाली कांग्रेससमित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी...
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । बिस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाएका छन् । उनले जिब्रो छेड्नका लागि तीन दिन अघिदेखि केही नखाई...
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो । थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय...
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छन्। गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का...
काठमाडौँ - नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज परम्परागत घोडेजात्रा समारोह सम्पन्न गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा रहेको छ । समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता गरिएको थियो । यस्तै त्यसअवसरमा अश्वकलाका विविध...
नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा,...
पश्चिमी न्युन चापीय प्रणालीको प्रभावसँगै चन्द्रागिरीलगायत काठमाडौँ उपत्यका वरिपरिका डाँडामा हिमपात भएको छ।  देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे छ। केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् । हिउँ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढेको छ । वर्षासँगै काठमाडौंमा चिसो बढेको छ ।...