नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ। राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा,...
पश्चिमी न्युन चापीय प्रणालीको प्रभावसँगै चन्द्रागिरीलगायत काठमाडौँ उपत्यका वरिपरिका डाँडामा हिमपात भएको छ।  देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे छ। केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् । हिउँ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढेको छ । वर्षासँगै काठमाडौंमा चिसो बढेको छ ।...
काठमाडौं - सिजन मिडियाद्धारा आयोजना गरिएको “मिस एयरहोस्टेज २०२१” पाचौं संस्करण नाचघर जमलमा सम्पन्न भएको छ । उक्त प्रतियोगितामा गोरखाकी १९ वर्षिय प्रिस्किला गुरुङले “मिस एयरहोस्टेज २०२१” ताज चुम्न सफल भइन भने फष्ट रनरअप आसा डंगुरा र सेकेन्ड रनरअपको ताज सृजु घिमिरले चुम्न सफल भइन घिमिरेले र पपुलर अवार्ड...
चितवन - नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ । अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा विभिन्न मित्र राष्ट्रबाट आएका विभिन्न पार्टीका प्रतिनिधिले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।...
काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको आंशिक प्रभाव देखिएको छ। काठमाडौँ उपत्यकामा भने बन्दको प्रभाव सामान्य देखिएको छ। पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपालबन्द आह्वान गरेको हो। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गरिएको बन्दका कारण सडकमा सार्वजनिक सवारी...
काठमाडाैं - आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ आज समापन गरिएको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए । छठको तेस्रो तथा मूख्य...
छठ पर्वका अवसरमा बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै मनाइएको छ । छठका अवसरमा तराई मधेसदेखि काठमाडौं उपत्यकासम्मका तलाउ र नदी किनार सजिएका छन्। पछिल्लो समय छठ पर्व तराई मधेसदेखि पहाड र उपत्यकामा पनि मनाउन थालिएको छ। संघीय राजधानी काठमाडौंका कमल पोखरी, रानीपोखरीसहितका तलाउ तथा बागमती, विष्णुमतीसहितका नदी किनारमा पनि...
काठमाडौं - नेपालीको दोस्रो ठूलो चाडका रुपमा मनाइने तिहारको मुख्य दिन आज दिदीबहिनीले आफ्ना दाजुभाईलाई टीका लगाएर र आशिर्वाद दिएर मनाइरहेका छन् । यस अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको भिड रहेको छ । दिदीबहिनी नहुनेका लागि हरेक वर्ष भाइटीकाको दिन रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन...
आज  नेपाल संवत् ११४२ सुरु भएको छ। नेपाल संवत् नेवार समुदायले नयाँ वर्षका रूपमा धुमधामसँग मनाएका छन्। हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेपाल संवत् फेरिन्छ। यस अवसरमा आज काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा नेपाल संवत् विशेष रूपमा मनाइएको छ। राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं...
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन बिहिबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँएको छ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा  घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई...