काठमाडौं – मंगलबार पनि देशका बिभिन्न स्थानमा पानी परिरहेको छ । केही दिनदेखी परेको पानी आज देशभर परेको छ । मनसुनी वायुको प्रभावले आइतबारदेखि काठमाडौं उपत्यकालगायत देशभर नै पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै आज राति पनि प्रदेश १, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही स्थान र गण्डकी प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ । भोली पनि देशका बिभिन्न स्थानमा पानी पर्ने समभावना रहेको छ ।
देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ ।
