डम्बर निदाल
डडेल्धुरा – सरकारले मंगलबार रातिबाट लकडाउन हटाएसँगै डडेल्धुरा सदरमुकाममा चहलपहल बढेको छ । कोरोना नियन्त्रणका लागि सरकारले लागू गरेको जोरबिजोर प्रणाली पनि बुधबारदेखि हटेको हो ।
देशभर लागु गरेको लकडाउन समाप्त भए संगै डडेल्धुरा सदरमुकाम बागबजार लगायतका क्षेत्रहरुमा सवारीसाधन र सर्वसाधरणको आवतजावतले निकै घुईचो लाग्ने गरेको छ ।
जिल्लाको बिभिन्न ठाउँबाट सवारीसाधन र सर्बसाधारण जिल्ला सदरमुकाम आउने र जाने क्रम बढेको छ , तर जिल्ला सदरमुकाम बागबजार लगायतका क्षेत्रहरुमा किनमेल गर्न का साथै विभिन्न कामले बजार क्षेत्रमा आउने सर्बसाधारणहरुले मास्क प्रयोग गर्न छोडेका छन् ।
कोरोना भाईरसको जोखिम कायमैे रहेको बेला लकडाउन हटाउदैमा अहिलेनै मास्क लगाउन छोडनु भौतिक तथा सामाजिक दुरी कायम नगर्ने जस्ता कार्यहरु गर्नाले सबैले आ—आफ्नो सुरक्षाका उपायहरु सावधानीका साथ अपनाउनु पर्ने स्थानिय प्रेम बिष्टले बताए ।

कोरोना भाईरसबाट बच्नका लागि घरबाहिर निस्कदा माक्स अनिवार्य लगाउनुपर्ने स्वास्थ्यकर्मिले बताउदै आएकाछन् । स्थानीय प्रशासनको सूचनालाई समेत बेवास्ता गरि सर्वसाधारण भने मास्क र सामाजिक दुरी कायम नगरी बजार तथा सार्वजनिक स्थानहरुमा हिँडडुल गर्ने गरेका छन् । यस समबन्धमा प्रहरीले पनि बेला बेलामा ठाउँठाउँमा माइकिङ गरी सर्वसाधारणहरुलाई अनिवार्य मास्क लगाउन जनचेतना जगाउदै आईरहेका छन् । तर सर्वसाधारण भने ति कुरा हरुको पालना नगरी जथाभावी मास्क प्रयोग नगरी हिडडुल गर्ने गरेका छन् । एकातिर अहिले बजारमा भिडभाड बढ्दै गईरहेको छ भने अर्कोतिर मास्क प्रयोग नगर्नेको संख्या पनि बढिरहेको छ जसका कारण जोखिम झन बढ्ने संभावना रहेको छ ।
बजारमा बढ्ेको भिडभाड लाई हेर्नेहो भने अबस्था सामान्य भईसकेको जस्तो देखियपनि अबस्था त्यस्तो नरहेकोले अहिले जनजिवन सहज बनाउन लकडाउन खुलेतापनि कोरोना भाईरसको जोखिम कम नभएकाले सबैले सावधानी अपनाउनु पर्ने स्थानियबासी टिआर भट्टले बताए ।
केहिदिन यता डडेल्धुरा सदरमुकाम बागबजारमा सर्वसाधारण र सवारी साधनको निकै भिडभाड हुने गरेको छ । बजारमा भएको भिडभाड लाई हेर्ने हो भने कतै पनि कोराना भाईरसको प्रभाव अनुमान गर्न सकिन्न ।
